काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले सार्वजनिक जीवनमा रहेका महिलालाई सोधिने प्रश्न र उनीहरूको प्रस्तुतिलाई लिएर गरिने टिप्पणीको स्तरप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। पूर्वपत्रकार समेत रहेकी सांसद धितालले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार बन्न आग्रह गरेकी हुन्।
विशेषगरी युवा महिला जनप्रतिनिधिसँग प्रश्न सोध्दा “राम्री हुनुहुन्छ” वा “चिटिक्क परेर आउनुभएको छ” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाएकी छन्। “यो सुन्दा व्यक्तिगत टिप्पणी जस्तो लागे पनि संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो,” धितालले उल्लेख गरेकी छन्।
सांसद धितालले पत्रकारिता क्षेत्रले बौद्धिक रूपमा आलोचना र गहिरा प्रश्न उठाउनुपर्नेमा जोड दिएकी छन्। उनले भनिन्, “तपाईंले बोक्नुभएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन। सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्महरू छन्।” यस्ता हल्का टिप्पणीले सार्वजनिक बहसको स्तर घटाउने र महिलाका मुद्दालाई ओझेलमा पार्ने उनको तर्क छ।
मुख्यधारका मिडिया र युट्युब च्यानलबीच देखिएको दूरी प्रश्नको स्तरले नै निर्धारण गर्ने बताउँदै उनले केही युट्युब च्यानलबाट समेत सिक्न आग्रह गरेकी छन्। उनले भनिन्, “प्रश्न गर्ने स्तर उकास्नुहोस्, हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन र आवश्यक तयारीका साथ उभिन तयार छौँ।”
सांसद धितालले सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो अभ्यासले पितृसत्तात्मक संस्कारलाई नै बलियो बनाउने बताएकी छन्। मिडिया समाजको चेतना निर्माण गर्ने शक्ति भएकाले यसलाई संवेदनशील र रूपान्तरणमुखी बनाउनु सञ्चारकर्मीको अपरिहार्य दायित्व भएको उनको भनाइ छ। आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै आएको स्मरण गर्दै उनले मिडिया समुदायप्रति आफ्नो सधैँ आत्मीयता रहेको तर गलत प्रवृत्तिविरुद्ध बोल्न आवश्यक ठानेको प्रष्ट पारेकी छन्।
भारत ।भारतको संसदमा लामो समयदेखि चर्चामा रहेको डिलिमिटेसन बिल अस्वीकृत भएको छ। जनसंख्या आधारित निर्व ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!