चर्चामा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न सरकारले तयारी तीव्र बनाएको छ। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा आयोजना हुने सम्मेलनका लागि नेपालको राष्ट्रिय स्थितिपत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका चुनौती, जलवायु न्याय, क्षति तथा नोक्सानी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँचलाई प्राथमिकतामा राखेर सरोकारवालासँग छलफल अघि बढाएको छ।
मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालका अनुसार नेपालको राष्ट्रिय स्थितिपत्रको मस्यौदा तयार गरी विभिन्न निकायबाट सुझाव सङ्कलन भइरहेको छ। स्थितिपत्रलाई थप प्रभावकारी बनाएर अर्को साता सार्वजनिक गर्ने तयारी छ।
सम्मेलनमा नेपालले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको असर, हिमाल पग्लिने क्रम, जलवायुजन्य विपद्बाट हुने क्षति तथा अनुकूलनका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयलाई जोडदार रूपमा उठाउने तयारी गरेको छ।
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको अवस्थामा कोप–३१ लाई जलवायु न्याय र आर्थिक सहयोग सुनिश्चित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!