काठमाडौं । सरकारले आइतबार र सोमबार देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदैछ ।
अभियानअन्तर्गत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीहरू देशभरका विभिन्न खोप केन्द्रहरूमा परिचालन गरिएका छन् । प्रत्येक वर्षको कात्तिक र वैशाखमा सञ्चालन हुने यो कार्यक्रमले बालबालिकाको आँखाको ज्योति रक्षा, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, र कुपोषण न्युनिकरणमा महत्वपूर्ण भुमिका खेल्ने चिकित्सकहरूले बताएका छन् ।
भारत ।भारतको संसदमा लामो समयदेखि चर्चामा रहेको डिलिमिटेसन बिल अस्वीकृत भएको छ। जनसंख्या आधारित निर्व ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!