काठमाडौं। इजरायलका प्रधानमन्त्री Benjamin Netanyahu ले आफू जीवित रहेको पुष्टि गर्न पत्रकार सम्मेलन गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो मृत्युको अफवाह फैलिएपछि उनले बिहीबार राति पत्रकार सम्मेलन आयोजना गर्दै विश्व समुदायलाई आफू सकुशल रहेको जानकारी दिएका हुन्। सम्मेलनको सुरुवातमै उनले भने, “म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईं सबै यसको साक्षी हुनुहुन्छ। साथै, म सबै फेक न्युजको खण्डन गर्छु।”
हालै सामाजिक सञ्जालमा उनको मृत्युबारे विभिन्न भ्रामक सूचना फैलिएको थियो। यसैबीच, गत १३ मार्चमा उनको आधिकारिक एक्स (पूर्व ट्विटर) खाताबाट सार्वजनिक गरिएको एक भिडियोसमेत विवादमा आएको थियो। उक्त भिडियोमा उनले इरानको सम्भावित हमलाबारे जानकारी दिइरहेका देखिएका थिए।
केही प्रयोगकर्ताहरूले उक्त भिडियोलाई ‘एआईबाट तयार गरिएको’ भन्दै प्रश्न उठाएका थिए भने केहीले उनको मृत्यु भइसकेको दाबीसमेत गरेका थिए। तर, इजरायली प्रधानमन्त्री कार्यालयले ती सबै दाबी असत्य भएको स्पष्ट पारेको थियो।
पत्रकार सम्मेलनमा उनले Donald Trump को नेतृत्वमा अमेरिका र इजरायलबीचको सम्बन्ध मजबुत रहेको पनि बताएका छन्। उनले दुबै देश आफ्नो साझा लक्ष्यतर्फ दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गरे।
काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!