काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पदबाट राजीनामा दिएका छन्। पार्टी केन्द्रीय कार्यालयका अनुसार उनले बुधबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थापाको अचानक राजीनामाले पार्टीभित्र तरंग सिर्जना गरेको छ। छोटो समयमै नेतृत्व परिवर्तनको निर्णयले कांग्रेसभित्र विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ।
राजीनामाको कारणबारे औपचारिक रूपमा केही खुलाइएको छैन। यद्यपि पछिल्लो राजनीतिक परिस्थिति, आन्तरिक समीकरण र पार्टीभित्रको दबाबलाई यससँग जोडेर हेरिएको छ।
यसैबीच, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका लागि आह्वान गरेको छ। बैठकमा सभापतिको राजीनामाबारे छलफल गर्दै भावी नेतृत्व, संगठनात्मक व्यवस्थापन र आगामी रणनीतिबारे निर्णय लिइने जनाइएको छ।
थापाको राजीनामापछि कांग्रेसको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ। पार्टीभित्र नयाँ शक्ति सन्तुलन कसरी विकसित हुन्छ भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरबारे नयाँ प्रक्षेपण सार्वजनिक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!