काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नागरिकलाई त्यस्ता फेक सामग्रीको पछि नलाग्न आग्रह गरेका छन्।
थापाले फेसबुकमार्फत प्रतिक्रिया दिँदै निर्वाचन आयोगले आधिकारिकता दिने क्रममा आफूविरुद्ध प्रस्तुत गरिएको भिडियो तथ्यहीन रहेको उल्लेख गरेका छन्। उक्त भिडियो सार्वजनिक गर्ने दुर्गा प्रसाई ले पछि सो सामग्री फेक भएको स्वीकार गरिसकेको उनले बताएका छन्। त्यसका बाबजुद पनि आफूविरुद्ध निरन्तर भ्रामक आरोप लगाइँदै आएको उनको भनाइ छ।
उनका अनुसार अदालतले प्रमाण र तथ्यका आधारमा निर्णय गरिसकेको अवस्थामा फेरि पनि केही व्यक्तिहरूले भ्रम सिर्जना गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भिडियो फैलाउने प्रयास गरिरहेका छन्। यस्ता गतिविधिले जनतालाई भ्रमित पार्ने र सत्यलाई ओझेलमा पार्ने जोखिम रहेको उनले औंल्याएका छन्।
थापाले नेपाली कांग्रेस सरकारमा नरहेको अवस्थामा समेत सम्पत्ति छानबिनको माग उठाउँदै आएको स्मरण गराउँदै, कुनै पनि छानबिनका लागि आफू र सिंगो पार्टी तयार रहेको स्पष्ट पारेका छन्। “हामी जुनसुकै छानबिनको सामना गर्न तयार छौं,” उनले भनेका छन्।
उनले छानबिन प्रणालीलाई अझ स्वायत्त, बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको पनि बताएका छन्। साथै, नागरिकहरूलाई अप्रमाणित र भ्रामक सामग्रीको पछि नलागी सत्यतथ्यमा आधारित सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १९५ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!