इन्धन मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

इन्धन मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले हालै बढाइएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। माग पूरा नभए देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएको छ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईं ले एक हप्ताभित्र मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने घोषणा गरे। उनले आन्दोलन महाअभियान अन्तर्गतको विद्यार्थी संगठनको नेतृत्वमा सञ्चालन हुने बताए।

प्रसाईंले सरकारलाई विद्यार्थी संगठन खारेज गर्ने प्रयास नगर्न चेतावनी दिँदै भने, “विद्यार्थी संगठन किन चाहिन्छ भन्ने कुरा अहिले प्रष्ट भएको छ—आवाज उठाउनकै लागि आवश्यक रहेछ।”

उनले विगतमा सामान्य दुई रुपैयाँ मूल्यवृद्धिमा समेत व्यापक आन्दोलन भएको स्मरण गराउँदै अहिले ठूलो मात्रामा मूल्य बढ्दा पनि प्रमुख विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए।

महाअभियानले सरकारलाई तत्काल निर्णय सच्याउन आग्रह गर्दै जनताको दैनिक जीवनमा परेको आर्थिक भारप्रति संवेदनशील बन्न पनि अपिल गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य
2 हप्ता अगाडि

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १९५ ...

छुटाउनुभयो कि ?

TOP