काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
खाम्चालाई जिल्ला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। पक्राउका क्रममा उक्त रकमसहित स्रोत नखुलेको थप ३ लाख ५० हजार रुपैयाँ र एक थान मोबाइल समेत बरामद गरिएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!