काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा वृद्धि दर करिब ३ प्रतिशतमा झर्ने अनुमान गरेको छ।
यसअघि करिब ५.२ प्रतिशत रहने अनुमान गरिएको वृद्धिदरलाई संशोधन गर्दै आईएमएफले २ प्रतिशत बिन्दुले कटौती गरेको हो। नयाँ प्रक्षेपणअनुसार बाह्य आर्थिक दबाब, क्षेत्रीय अस्थिरता र अपेक्षित सुधार नदेखिनुका कारण नेपालको आर्थिक वृद्धि सुस्त रहने देखिएको छ।
आईएमएफले वृद्धि दर ठ्याक्कै ३ प्रतिशतमै सीमित नभई करिब ३ प्रतिशतको दायरामा रहने स्पष्ट पारेको छ।
आईएमएफका एसिया–प्रशान्त विभागका उपनिर्देशक थोमल हेल्ब्लिङले वर्तमान आर्थिक चुनौतीका बीच नेपालले दीर्घकालीन स्थायित्वका लागि संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।
काठमाडौ ।सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक दुई महिला कर्मचारीले विश्वको सर्वोच्च शिखर सगर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!