निर्वाचनको पछिल्लो मतगणना अनुसार ९१ स्थानमा रास्वपा अगाडि

निर्वाचनको पछिल्लो मतगणना अनुसार ९१ स्थानमा रास्वपा अगाडि

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ९१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।  निर्वाचन आयोगका अनुसार गणना भइरहेका स्थानहरुमा रास्वपाका ९१ स्थानमा, नेपाली कांग्रेस १०, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी ९,९ स्थानमा अगाडि छन् । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एकरएक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएकाछन् ।  

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
4 घण्टा अगाडि

श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

छुटाउनुभयो कि ?

TOP