काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा बायो घुम्ती शौचालय खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नगरी सोझै खरिद प्रक्रिया अपनाइएको थियो। प्रारम्भिक रूपमा भारतको कम्पनीबाट करिब ३३ लाख ५० हजार रुपैयाँमा खरिद गर्न सकिने सामग्रीलाई मिलेमतोमा ५५ लाख २ हजार ८५४ रुपैयाँमा खरिद गरिएको पाइएको छ।
अनुसन्धानबाट परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरंजिविराज शर्मा ढुङ्गाना, लेखापाल सावित्री कुमारी गिरी र खरिदार मदन कुमार चौधरी सूडी सहित आपूर्तिकर्ता कम्पनी ईशिता ट्रेडर्स तथा त्यसका सञ्चालक पशुपति नाथ पाठकको मिलेमतोमा गैरकानुनी लाभ लिइएको निष्कर्ष निकालिएको छ।
आयोगले स्पेसिफिकेसन र लागत अनुमानसमेत तयार नगरी, खरिद योजना बिना प्रक्रिया अघि बढाइएको, झुट्टा कागजात पेश गरिएको र आपूर्ति प्रक्रिया नै अनियमित तरिकाले सञ्चालन गरिएको जनाएको छ।
उक्त प्रकरणमा संलग्न सबै प्रतिवादीविरुद्ध जनही ५५ लाख २ हजार ८५४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलको मागदाबी गरिएको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार सार्वजनिक खरिद प्रक्रियामा भएको अनियमितता र मिलेमतोले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको ठहर गर्दै मुद्दा दायर गरिएको हो।
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!