काठमाडौं। सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट कुल १९५ मिलियन अमेरिकी डलर (करिब २८ अर्ब ६६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकृत गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार ऋण दुई प्रमुख परियोजनामा खर्च गरिनेछ।
‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजनाका लागि एडीबीबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन गरी ९० मिलियन डलर ऋण लिइनेछ। यसले देशको डिजिटल सेवा, ई–गभर्नेन्स र प्रविधि पूर्वाधार सुदृढ पार्ने लक्ष्य राखेको छ।
त्यस्तै ‘दिगो तथा समावेशी वित्त’ परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन डलर ऋण लिइनेछ। यो रकम वित्तीय पहुँच विस्तार, साना तथा मध्यम व्यवसायलाई सहयोग र आर्थिक समावेशीतामा केन्द्रित रहने जनाइएको छ।
सरकारको यो निर्णयसँगै नेपालमाथिको सार्वजनिक ऋण करिब २८ अर्ब रुपैयाँभन्दा बढीले बढ्नेछ। यद्यपि यी ऋणहरू सहुलियतपूर्ण (कम ब्याजदर र लामो भुक्तानी अवधि) भएकाले दीर्घकालीन विकासका लागि प्रयोग गरिने सरकारको दाबी छ।
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पञ् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!