काठमाडौं। जिल्ला अदालत काठमाडौं ले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल लाई पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ।
आइतबार अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका अग्रवालमाथि अनुसन्धान गर्न थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठ का अनुसार अनुसन्धानका लागि उक्त म्याद प्रदान गरिएको हो।
यसै प्रकरणमा यसअघि पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल लाई भने बयान सकिएपछि हाजिर जमानीमा रिहा गरिएको छ।
प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ।आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि जित ह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!