काठमाडौं।जिल्ला अदालत काठमाडौंले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्मालाई हिरासतमा न राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले पाटन उच्च अदालतबाट यसअघि नै फैसला भइसकेको र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको आधारमा उनी थुनामा राखिनुपर्ने अवस्था नभएको ठहर गरेको हो।
अदालतले आदेशमा उल्लेख गरेको छ कि रेखा कुमारी शर्मा दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएको र जिल्ला तथा उच्च सरकारी वकिल कार्यालयले शंका समाधान गरी उचित निर्णय गरेको कानुनसम्मत रहेको देखिन्छ।
शर्मामाथि एक बालिकालाई घरेलु कामदारका रूपमा दास बनाएको आरोप थियो। उक्त उजुरी काठमाडौं
महानगरपालिकाले २०८१ जेठमा प्रहरीमा दिएको थियो। करिब दुई वर्षपछि उनी चैत १५ गते पक्राउ परेकी थिइन्।
अहिले अनुसन्धान जारी रहने छ, तर उनी थुनाबाहिरै रहेर कानुनी प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ।
काठमाडौँ |स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४५ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!