निर्वाचन र विपद् सेवामा उत्कृष्ट कार्य गर्नेहरू सम्मानित

निर्वाचन र विपद् सेवामा उत्कृष्ट कार्य गर्नेहरू सम्मानित

कैलाली। राजु अर्याल ले उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकलाई सम्मान गरेका छन्।

चैत्र २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले उनीहरूलाई सम्मान गरेका हुन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बैतडीको दशरथचन्द्र नगरपालिका–४ स्थित विरेन्द्र माध्यमिक विद्यालय, साईलेक मतदान केन्द्रमा खटिएका प्रहरीहरूले अपांग तथा ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुर्‍याउन र फिर्ता ल्याउन उल्लेखनीय सहयोग गरेका थिए।

त्यस्तै, विपद्का समयमा समुदायस्तरबाट सक्रिय स्वयंसेवकहरूले डुबान प्रभावित नागरिकलाई जोखिमको अवस्थाबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। विपद् सूचकहरूले समयमै सूचना उपलब्ध गराउनुका साथै प्रत्यक्ष रूपमा उद्धार कार्यमा समेत सहयोग पुर्‍याएका थिए।

सशस्त्र प्रहरी बलले देशभर समुदायस्तरमा विपद् व्यवस्थापन सुदृढ बनाउन १ हजार १ सय १४ जना विपद् स्वयंसेवकलाई तालिम दिइसकेको जनाएको छ। साथै, प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक समूह गठन गरिएको छ, जसअनुसार देशभरका ६ हजार ७ सय ४५ वडामा कुल १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक परिचालन गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP