एमाले अध्यक्ष ओलीद्वारा मतदान !

एमाले अध्यक्ष ओलीद्वारा मतदान !

भक्तपुर | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।    
    
 अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।    
    
 उहाँले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको छ ।    
    
 ओखलढुङ्गा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा समस्या आएको जानकारी पाएको बताउँदै उहाँले भन्नुभयो, “देशभर शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न हुने विश्वास लिएको छु ।”    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
2 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP