पोखरा।फेवाताल को सीमाभित्र निर्माण गरिएका ३२ अवैध संरचना शनिबार पोखरा महानगरपालिका ले डोजर लगाएर भत्काएको छ। सर्वोच्च अदालतको फैसलाअनुसार सीमांकन गरी गाडिएका पोलभित्र पर्ने संरचनाहरू हटाइएको हो।
भत्काइएका संरचनाका स्थानीय बासिन्दाले भने पूर्वसूचना बिना डोजर चलाइएको भन्दै विरोध जनाएका छन्। विरोधस्वरूप लेकसाइड क्षेत्रको खहरेदेखि खपौदीसम्म मोटरबाटो अवरुद्ध गरिएको छ।
महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार पहिलो चरणमा पोल गाडिएको क्षेत्रभित्रका संरचनामात्रै हटाइएको हो। बाँकी संरचनामाथि पनि क्रमशः कारबाही अघि बढाइने जनाइएको छ।
सर्वोच्च अदालत ले २०८० असार ४ गते गरेको फैसलामा फेवातालको उच्चतम जलसतहका आधारमा सीमांकन गरी त्यसबाट ६५ मिटरभित्र रहेका संरचना हटाउन परमादेश जारी गरेको थियो। साथै, सो क्षेत्रभित्रका जग्गा दर्ता खारेज गरी आवश्यक मुआब्जा दिएर ताल संरक्षण गर्ने र हरियाली कायम गर्ने निर्देशनसमेत दिएको थियो।
फैसला कार्यान्वयनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे को संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको थियो भने प्राविधिक उपसमिति बनाएर सीमांकन कार्य अघि बढाइएको थियो।
महानगरले अदालतको आदेश कार्यान्वयनलाई निरन्तरता दिने जनाएको छ भने स्थानीयको विरोधका कारण क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ।
दुबई । दुबईको अबुधाबीको अब्जान क्षेत्रमा अप्रिल ३ मा भएको घटनामा घाइते ७ जना नेपालीमध्ये ६ जनालाई सा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!