दुबई । दुबईको अबुधाबीको अब्जान क्षेत्रमा अप्रिल ३ मा भएको घटनामा घाइते ७ जना नेपालीमध्ये ६ जनालाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। बाँकी १ जनाको उपचार अझै अस्पतालमा जारी छ, तर स्वास्थ्य अवस्था खतरामुक्त रहेको नेपाली दूतावासले जनाएको छ।
दूतावासका अधिकारीहरूले बिरामी परेका ४ जनासँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने बाँकी २ जनासँग फोन सम्पर्कमार्फत जानकारी लिइएको थियो।
नेपाली दूतावासले UAE मा रहेका नेपाली नागरिकहरूलाई सरकारी सुरक्षा नियम पालना गर्न र स्वास्थ्यसम्बन्धी सूचना आधिकारिक स्रोतबाट मात्र लिन अनुरोध गरेको छ।आवश्यक परेमा सहयोगका लागि दूतावासको सम्पर्कमा रहन सबैलाई आग्रह गरिएको छ।
काठमाडौँ।गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!