काठमाडौँ | काठमाडौँ प्रहरीले गए राति अपरेशन सेफ्टी सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चालाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।
यस्तै काठाडौँको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामालाई पक्राउ गरिएको भट्टराईले बताउनुभयो ।
यसैबीच राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो । ती १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुव्र्यवहारमा संलग्न रहेको पाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै आइतबार फिर्ता पठाएको संवैधानिक परिषद्स ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!