खराब मौसमका कारण बालेन शाह चढेको हेलिकप्टर झापा पुग्न सकेन, काठमाडौं फर्कियो !

खराब मौसमका कारण बालेन शाह चढेको हेलिकप्टर झापा पुग्न सकेन, काठमाडौं फर्कियो !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चढेको हेलिकप्टर खराब मौसमका कारण झापामा अवतरण गर्न नसकी काठमाडौं नै फर्किएको छ।

हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहीबार बिहान ९:१२ बजे झापातर्फ प्रस्थान गरेको थियो। तर झापामा खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि पुनः डाइभर्ट भएर काठमाडौं फर्किएको हो।

उक्त हेलिकप्टर बिहान १०:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको जनाइएको छ।

शाहले बिहीबार बिहान काठमाडौंमा मतदान गरेपछि झापातर्फ प्रस्थान गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
2 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP