देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास !

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास !

चितवन | नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।    
    
भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।    
    
संयोजक दाहालले भन्नुभयो, “समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।”    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
2 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP