काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो । उसका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन जोडे ।
ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए । १८ बल खेलेका उनले ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे । जोस बटलरले २६ रन बनाए ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक,एक सफलता हात पारे । विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।
काठमाडौं।देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई हप्तासम्म पर्खिनुपर्ने देखिएको छ। २१ फागुनमा सम्पन्न ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!