काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीमा हालसम्म कुल १ करोड २ लाख ९० हजार ५४६ मत गणना भइसकेको छ।
निर्वाचन आयोगको बिहान ७:२७ बजे अद्यावधिक विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ।
अन्य दलहरूको मत यसप्रकार छ: नेपाली कांग्रेस १६ लाख ७३ हजार ९८३, नेकपा (एमाले) १३ लाख ८९ हजार ८२०, नेपाली कम्युनिस्ट पार्टी ७ लाख ५२ हजार ९४६, श्रम संस्कृति पार्टी ३ लाख ४७ हजार ७८५, राष्ट्रिय प्रजातन्त्र पार्टी ३ लाख २२ हजार ४७२, जनता समाजवादी पार्टी नेपाल १ लाख ६९ हजार ४१६, राष्ट्रिय परिवर्तन पार्टी १ लाख ६५ हजार ३२, जनमत पार्टी ७५ हजार ४७१।
समानुपातिकतर्फ रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन्।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मत परिणाम: रास्वपा १२५ सिट, नेपाली कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १।
समानुपातिक र प्रत्यक्ष दुवैतर्फको मत परिणामले हाल रास्वपाको अग्रस्थान स्पष्ट देखाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!