काठमाडौं।देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई हप्तासम्म पर्खिनुपर्ने देखिएको छ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अधिकांश स्थानमा आइसकेको छ, तर समानुपातिक तर्फको मत गणना र थप कानुनी प्रक्रिया अझै बाँकी छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा समानुपातिक मत गणनामा पनि अग्रस्थानमा रहेकाले बहुमतसहितको सरकार बनाउने सम्भावना स्पष्ट छ। प्रतिनिधिसभा (२७५ सदस्यीय) मा सरकार गठनका लागि कम्तिमा १३८ सांसदको समर्थन आवश्यक पर्छ।
निर्वाचन आयोगले समानुपातिक तर्फको मत गणना चैतको पहिलो साताभित्र सक्ने लक्ष्य राखेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “प्रत्यक्षतर्फको नतिजा आइसकेको छ। समानुपातिक गणना सकिएलगत्तै सिटको बाँडफाँट र निर्वाचित उम्मेदवारको प्रमाणपत्र वितरण प्रक्रिया सुरु हुनेछ।
प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको बाटो खुल्नेछ।”
समानुपातिक निर्वाचन प्रणाली अनुसार, कुल मतको तीन प्रतिशतभन्दा बढी मत प्राप्त दलले मात्र सिट पाउनेछन्। यस पटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ दलले थ्रेसहोल्ड पूरा गर्ने देखिएको छ।
निर्वाचन आयोगका अनुसार, समानुपातिक तर्फ निर्वाचित सदस्य घोषणा गर्न चरणबद्ध प्रक्रिया आवश्यक पर्छ। दलले प्राप्त सदर मत मिलाएर कुल मत संख्या यकिन गर्नुपर्ने, त्यसपछि मत विभाजन सूत्रअनुसार प्रत्येक दलले पाउने सिट संख्या तय हुन्छ। आयोगले दललाई महिला र समावेशी समूहबाट प्रतिनिधित्व सुनिश्चित गर्न पनि पत्राचार गर्नेछ।
समानुपातिकतर्फका सदस्यसँग सम्बन्धित कानुनी प्रक्रिया सकिएपछि मात्र संसदमा शपथ ग्रहण, संसदीय दलको नेता चयन र प्रधानमन्त्री नियुक्ति जस्ता कार्यहरू अघि बढ्नेछन्। संघीय संसद्मा महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र राष्ट्रिय सभामा निर्वाचित सदस्यहरूको संख्या समेत ध्यानमा राखिनुपर्ने संवैधानिक प्रावधान छ।
सरकार गठनको वास्तविक समयावधि राष्ट्रपति कार्यालय र राजनीतिक दलको तयारीमा निर्भर हुनेछ। निर्वाचन आयोगका अनुसार, “हामी चैतको पहिलो साताभित्र सबै काम सक्ने लक्ष्यमा छौं, त्यसपछि राष्ट्रपति कार्यालय र दलहरू तयार भए सरकार गठन प्रक्रियामा ढिला हुनेछैन।”
यसरी, देशले नयाँ सरकार गठन प्रक्रिया अझै दुई हप्तासम्म पर्खिनुपर्ने भए पनि, बहुमतसहितको सरकार बनाउने दिशामा स्पष्ट मार्ग देखिएको छ।
काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!