कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ : विश्वप्रकाश शर्मा

कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ : विश्वप्रकाश शर्मा

उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पार्टी रूपान्तरणका लागि महामन्त्री गगन थापालाई ‘कमान्डर’को जिम्मेवारी दिइएको बताएका छन् ।

उपसभापतिमा निर्वाचित भएपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले कांग्रेसलाई बदल्ने अभियानमा गगन थापाको नेतृत्वमा अघि बढ्ने स्पष्ट पारे । उनले भने, “कांग्रेसलाई बदल्न गगन थापालाई हामीले कमान्डर बनाएका छौँ । कुनै पनि युद्धमा विजय हासिल गर्न कमान्डर दरिलो ढंगले उभिनुपर्छ र त्यसका लागि पूरै सेना पनि एउटै तयारी र मनोविज्ञानका साथ उभिन आवश्यक हुन्छ।”

उनले पार्टीभित्र फरक मत र आपसी विमति हुँदाहुँदै पनि विधि र प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भइरहेको बताए । “जे भइरहेको छ, फरक मत र आपसी विमतिको बीचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिरहेका छौँ,” शर्माले भने ।

शर्माले देश संविधानबाट र पार्टी विधानबाट चल्नुपर्ने उल्लेख गर्दै संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति पैदा हुने चेतावनी दिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्ने सभापति थापाको दावी
एक महिना अगाडि

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत् ...

छुटाउनुभयो कि ?

TOP