काठमाडौ फाल्गुन २ । आज फेब्रुअरी १४ अर्थात् नेपाली पात्रोअनुसार फागुन २ गते, विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा परिचित ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहपूर्वक मनाइँदै छ । पछिल्लो समय यो दिवस केवल एक दिनमै सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकास हुँदै गएको देखिन्छ ।
विशेषगरी युवायुवतीमाझ लोकप्रिय बनेको यस दिन प्रेमी–प्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदान–प्रदान गर्दै आफ्ना भावना खुलेर व्यक्त गर्ने परम्परा बढ्दो छ । सामाजिक सञ्जालको प्रभावसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक, रचनात्मक र आकर्षक बन्दै गएको छ ।
भ्यालेन्टाइन डे मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ । रोमन सम्राट क्लोडियसले सैनिकहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएपछि त्यसको विरोध गर्दै सन्त भ्यालेन्टाइनले गुप्त रूपमा विवाह गराइदिने गरेको भनाइ छ । यही कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । उनको त्याग र प्रेमप्रतिको अटल विश्वासको सम्झनामा यो दिन प्रेम दिवसका रूपमा मनाइँदै आएको मानिन्छ ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा भ्यालेन्टाइन डेप्रतिको आकर्षण बढ्दै गएको छ । होटल, रेस्टुरेन्ट, फूल पसल तथा उपहार सामग्री बिक्री गर्ने व्यवसायमा चहलपहल देखिएको छ भने सामाजिक सञ्जालमा प्रेम, मित्रता र आत्मीयताको सन्देश आदान–प्रदान भइरहेको छ ।
प्रेम केवल प्रेमी–प्रेमिकाबीच मात्र नभई परिवार, मित्रता र मानवतासँग जोडिएको भावना भएकाले यस दिनलाई आपसी सम्मान, सद्भाव र सहानुभूति फैलाउने अवसरका रूपमा लिनुपर्ने आवाजसमेत उठ्न थालेको छ ।
काठमाडौं । सोमबार सुनको मुल्य सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!