मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घले १५ औँ विश्व रेडियो दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताउनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउन रेडियोकर्मीलगायत आमसञ्चारकर्मीको महत्त्वूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले सामाजिक सञ्जालबाट गलत, भ्रामक र हानिकारक सूचना फैल्याएर निर्वाचन बिथोल्न खोज्ने प्रयास पनि भइरहेकाले सामुदायिक रेडियोहरूले जागरण एवं चेतना फैल्याउनुपर्नेमा जोड दिनुभयो ।

“सामाजिक सञ्जालबाट प्रवाह हुने गलत, भ्रामक र हानिकारक सूचना रोक्न टिकटकसँग समझदारी भइसकेको छ, मेटासँग पनि सम्झौता हुने क्रममा छ । यस्ता सूचनाको सत्यतथ्य के हो भन्ने परीक्षण गर्न देशभित्रका अन्य मिडियासँग पनि सम्झौता भएको छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो । कार्यक्रममा सङ्घले रेडियोकर्मीका लागि बनाएको निर्वाचन आचारसंहिता वाचन गरेर सुनाइएको थियो । सङ्घले जारी गरेको आचारसंहिता र निर्वाचन आचारसंहिताबारे पनि सबै सामुदायिक रेडियोबाट जानकारी गराई जागरण फैल्याउन सहयोग गर्न पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोजपुरमा आजदेखि सुरु भयो ‘वन डढेलो व्यवस्थापन सप्ताह’
2 दिन अगाडि

काठमाडौं । भोजपुरमा पनि आजदेखि वन डढेलो व्यवस्थापन सप्ताहसुरु भएको छ । वन डढेलो नियन्त्रणमा प्रभावका ...

छुटाउनुभयो कि ?

TOP