सार्बजनिक यातायात सुधार अपरिहार्य, ठोस तयारी सहित अघि बढ्छौ:गगन थापा

सार्बजनिक यातायात सुधार अपरिहार्य, ठोस तयारी सहित अघि बढ्छौ:गगन थापा


फागुन १, काठमाडौं । घण्टौँको ट्राफिक जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्राले आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको भन्दै सार्वजनिक यातायात प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको गगन थापाले बताएका छन्।


नेपाली कांग्रेसका सभापति थापाले साना र अव्यवस्थित सवारीमा निर्भर वर्तमान प्रणाली, एकीकृत नभएको रुट परमिट तथा भाडा व्यवस्थाकै कारण राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था सिर्जना भएको बताए।
“सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अब विकल्प होइन, आवश्यकता हो,” थापाले भने, “यसका लागि हामीले ठोस तयारी गरेका छौँ र सुधारको प्रक्रिया ढिलाइ नगरी अघि बढ्छ।”


उनका अनुसार कांग्रेसले सार्वजनिक यातायात सुधारलाई नागरिकको दैनिक जीवनसँग जोडिएको मुख्य मुद्दाका रूपमा लिएको छ। आगामी दिनमा रुट व्यवस्थापनको एकीकरण, भाडा प्रणालीमा पारदर्शिता, ठूला क्षमताका सार्वजनिक सवारीको प्रवर्द्धन तथा यात्रु सुरक्षालाई प्राथमिकतामा राखेर नीतिगत तथा व्यवहारिक सुधार अघि बढाइनेछ।


थापाले सरोकारवाला निकाय, यातायात व्यवसायी र नागरिकको सहकार्यमा आधुनिक, वातावरणमैत्री र समयमै सेवा दिने सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव
2 दिन अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्त ...

छुटाउनुभयो कि ?

TOP