सुनसरीबाट पेस्तोल सहित भारतिय नागरिक नियन्त्रणमा

सुनसरीबाट पेस्तोल सहित भारतिय नागरिक नियन्त्रणमा

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

सशस्त्र प्रहरी बलले सुनसरी बाट पेस्तोल सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इटालिमा बनेको पेस्तोल र सोको ३ राउण्ड गोलीसहित भारतको अररिया ग्रामपंचाय –४ बस्ने ३६ बर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका–३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८० तथा मोटरसाइकल  समेत बरामद भएको छ ।
नियन्त्रणमा लिइएका पासवानलाइ बरामद सामाग्रीसहित आबश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सीमा नाकामा कडाइ गर्न डिआइजी मनिष थापाको निर्देशन
यसैबीच निर्वाचनलाई लक्षित गर्दै सीमा  नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले निर्देशन दिएसंगै सीमा नाकामा चेकजाँचलाई तीव्रता दिइएको छ । सोही क्रममा हतियारसहित ब्यक्ती नियन्त्रणमा लिन सफलता मिलेको हो ।
      डिआइजी थापाले इलाम, झापा,  मोरङ  र सुनसरी जिल्लाका सीमा नाकाको स्थलगत अनुगमन गर्नुहुँदै सीमाबाट हुने अबैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाइ निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मुल्य सामान्य बढ्यो, चाँदी घट्यो !
एक दिन अगाडि

काठमाडौं । सोमबार सुनको मुल्य सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको ...

छुटाउनुभयो कि ?

TOP