काठमाडौँ पुस २९— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २० औँ साधारणसभाबाट लक्ष्मण पौडेल (एन्ड्रयु) आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार काठमाडौँमा सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी दीपकराज भुसाललाई पराजित गर्दै बहुमतसहित जित हात पारेका हुन्।
निर्वाचन परिणामअनुसार नयाँ कार्यसमितिमा अधिकांश पदाधिकारीहरू एन्ड्रयु समूहकै निर्वाचित भएका छन्। उपाध्यक्षमा बासुदेब दाहाल, विकल्पराज पोखरेल र गीता शिवाकोटी चयन भएका छन् भने महासचिवमा भवनाथ हुमागाई निर्वाचित भएका छन्। सचिवमा सुरज सिलवाल र आशिक कार्की तथा कोषाध्यक्षमा साधना पुडासैनी चयन भएकी छन्। सहकोषाध्यक्षको जिम्मेवारी गोविन्द खनालले पाएका छन्।
सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित भएका छन्।
इक्यान नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि परामर्श दिने शैक्षिक परामर्शदाता संस्थाहरूको छाता संगठन हो। नयाँ नेतृत्वले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित बनाउने, अन्तर्राष्ट्रिय अध्ययनसँग जोडिएका चुनौतीहरू समाधान गर्ने र विद्यार्थी हितलाई केन्द्रमा राखेर काम गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ, माघ २८ राष्ट्रियसभाले चलचित्र विधेयक२०८१ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रध ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!