काठमाडौँ, माघ २९। विश्वका सबैभन्दा धनी व्यक्ति तथा स्पेसएक्सका संस्थापक एलन मस्कले मंगल ग्रहभन्दा पहिला चन्द्रमामा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । आगामी १० वर्षभित्र चन्द्रमामा एउटा अत्याधुनिक शहर स्थापना गर्ने तयारी भइरहेको मस्कले बताएका छन् ।
मस्कका अनुसार यो शहर कुनै सामान्य मानव बस्ती हुनेछैन, बरु ‘सेल्फ ग्रोइङ सिटी’ अर्थात् आफैँ विस्तार हुँदै जाने शहर हुनेछ । हालसम्म मानवले कल्पना गरेकोभन्दा फरक र भविष्यकेन्द्रित डिजाइनमा यो शहर निर्माण गरिने उनको दाबी छ ।
अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका संस्थापक मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत चन्द्रमामा मानव बस्ती विकास गर्ने योजनाबारे जानकारी दिएका हुन् । उनले स्पेसएक्सको अबको मुख्य ध्यान चन्द्रमामा स्थायी मानव उपस्थिति सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताएका छन् ।
मस्कका अनुसार चन्द्रमामा यस्तो शहर निर्माण गर्न १० वर्षभन्दा कम समय लाग्न सक्छ । तर मंगल ग्रहमा यस्तै किसिमको शहर बसाल्न भने कम्तीमा २० वर्षभन्दा बढी समय लाग्ने उनको अनुमान छ ।
मंगलभन्दा चन्द्रमा किन पहिलो लक्ष्य ?
फेब्रुअरी ८ मा एक्समा गरिएको पोस्टमा मस्कले मानव जीवनलाई पृथ्वी बाहिर विस्तार गर्नु नै स्पेसएक्सको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरेका छन् । रणनीतिक र प्राविधिक कारणले चन्द्रमालाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
मस्कका अनुसार मंगल ग्रहको तुलनामा चन्द्रमामा पुग्न सजिलो र छिटो हुन्छ । मंगल ग्रहमा रकेट प्रक्षेपणको अवसर हरेक २६ महिनामा एक पटक मात्रै मिल्ने र यात्रा करिब ६ महिना लामो हुने भएकाले चन्द्रमा पहिलो अभ्यासस्थलका रूपमा उपयुक्त रहेको उनले बताएका छन् ।
उनको यो घोषणालाई अन्तरिक्ष विज्ञान र मानव सभ्यताको इतिहासमै ठूलो फड्कोका रूपमा हेरिएको छ । यदि योजना सफल भए चन्द्रमामा बन्ने शहरले भविष्यमा अन्तरिक्षमा मानव बसोबासको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकताम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!