गलत सूचनाले राष्ट्रिय सुरक्षामा जोखिम : आईजीपी राजु अर्याल

गलत सूचनाले राष्ट्रिय सुरक्षामा जोखिम : आईजीपी राजु अर्याल

पोखरा, माघ २९ — सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले समाजमा फैलिने गलत सूचना (मिस–डिस इन्फर्मेसन) ले राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम सिर्जना गर्ने बताए।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्की परिसरमा नवनिर्मित नेपाल पूर्व सशस्त्र प्रहरी संघ भवनको उद्घाटन गर्दै आईजीपी अर्यालले अप्रमाणित र भ्रामक सूचनाले सामाजिक सद्भाव, शान्ति सुरक्षा र राज्य सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै त्यसविरुद्ध सचेत रहन आग्रह गरे।

उनले राज्यले लिएको लक्ष्य प्राप्तिका लागि बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए। “गलत सूचना फैलिनु भनेको सुरक्षा चुनौती बढ्नु हो, यसलाई रोक्न सबै पक्ष सचेत हुनुपर्छ,” उनले भने।

आईजीपी अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सशस्त्र प्रहरी विभिन्न निर्वाचन क्षेत्रमा तैनाथ रहेको जानकारी दिए। साथै, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले समाजमा देखिने सम्भावित घटना, जोखिम र असामान्य गतिविधिबारे समयमै संगठनलाई जानकारी गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले पूर्व सशस्त्र प्रहरीहरूसँग अन्तरक्रिया गरे।

आईजीपी अर्यालले निर्वाचनका लागि भर्ना भएका सशस्त्र प्रहरीलाई राष्ट्रिय सुरक्षाका दृष्टिले समेत महत्वपूर्ण शक्ति भएको भन्दै उनीहरूलाई ‘विपद् सूचक’का रूपमा काम गर्न निर्देशन दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशु क्षति भएका कृषकलाई  १० लाख राहत
4 दिन अगाडि

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकताम ...

छुटाउनुभयो कि ?

TOP