तोलामा एक सयले घट्यो सुनको मूल्य

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने  ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला  तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल  पाँच हजार २९० कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन  तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल  पाँच हजार २४० कायम भएको थियो ।

गत सोमबार एक तोला सुन  तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी  पाँच हजार २५० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो
2 हप्ता अगाडि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बि ...

छुटाउनुभयो कि ?

TOP