सुप्रिम सहकारी पीडितद्वारा बुटवलमा सुलभ खरेलविरुद्ध प्रदर्शन

सुप्रिम सहकारी पीडितद्वारा बुटवलमा सुलभ खरेलविरुद्ध प्रदर्शन

बुटवल, २८ माघ ! सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलमा प्रदर्शन गरेका छन्।

मंगलबार दिउँसो बुटवल–११ स्थित होराइजन चोकमा खरेल घरदैलो अभियानमा रहेको थाहा पाएपछि पीडितहरू विभिन्न नारासहितका प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए। उनीहरूले सहकारीको बचत अपचलन प्रकरणमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘हाम्रो बचत कहिले फिर्ता हुन्छ ?’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा सहभागी सोनु श्रेष्ठका अनुसार आफूहरू बचत रकम फिर्ताबारे जिज्ञासा राख्न पुगेका थिए। तर पीडितहरू जम्मा भएको थाहा पाएपछि उम्मेदवार खरेल करिब सय मिटर टाढा रहेको एल डोराडो रेष्टुरेन्टमा प्रवेश गरी एक घण्टासम्म बाहिर ननिस्किएको उनले बताए। “हामी बचत फिर्ताबारे सोध्न गएका थियौं, तर भेट्नै पाइएन,” श्रेष्ठले भने, “हाम्रो परिवारको ११ लाख रुपैयाँ फिर्ता हुन बाँकी छ।”

सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गरिएको छ। उक्त सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको र त्यसमा अनियमितता भएको आरोप पनि छ।

यता, उम्मेदवार खरेलले भने प्रदर्शनबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्। चुनावी समयमा यस्ता गतिविधि सामान्य भएको उल्लेख गर्दै उनले उक्त विषय आफ्नो प्रत्यक्ष सरोकारको मुद्दा नभएको बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस
4 दिन अगाडि

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ । ...

छुटाउनुभयो कि ?

TOP