माघ २९, काठमाडौं । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिजमा भएको विभत्स गोलीकाण्डमा आठ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घटनापछि आक्रमणकारीले आफैँलाई गोली हानी आत्महत्या गरेको क्यानडेली प्रहरीले जनाएको छ।
रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार घटनाको मुख्य संदिग्ध १८ वर्षीया जेसी भान रुट्सलार रहेकी छन्। प्रहरीले जनाएअनुसार उनले आक्रमण अघि आफ्नै घरमा ३९ वर्षीया आमा र ११ वर्षीय सौतेनी भाइको गोली हानी हत्या गरेकी थिइन्।
घरमा हत्या गरेपछि उनी टम्बलर रिज सेकेन्डरी स्कूल पुगेकी थिइन्, जहाँ उनले अन्धाधुन्ध गोली प्रहार गरेकी थिइन्। विद्यालयमा भएको गोलीकाण्डमा एक ३९ वर्षीया शिक्षिका, १२ वर्षका तीन छात्रा तथा १२ र १३ वर्षका दुई छात्रको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
घटनामा घाइते भएका २५ भन्दा बढी व्यक्तिलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। सुरक्षा कारण देखाउँदै विद्यालय क्षेत्र तत्काल बन्द गरी विद्यार्थी र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको थियो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने आक्रमणकारीले एक्लै यो हिंसात्मक घटना घटाएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यस दर्दनाक घटनाले टम्बलर रिज समुदाय शोकमा डुबेको छ भने क्यानडाभर गहिरो स्तब्धता फैलिएको छ।
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकताम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!