भगवानकाे रुप: आमा

भगवानकाे रुप: आमा

आमा हजुर उमेरले       बयानब्बे पुरा
समाजमा सँस्कारकाे त सुनाउनु है कुरा।
पर्वतकाे जन्म हाे कर्म   पर्वतमा नै  धेैरै
बसाईँसरि आउनु भयाे  चितवनै   घरै।।

नत पढाईकाे माैका मिल्याे नत सुख मिल्याे
सँधै बच्चा हुर्काउँनमा    कामले नै  पेल्याे।
नत जागिर परिवार      नत व्यापार थियाे
उपचार पाहुनापाछा  शिक्षाले दुख दियाे।।

घरकाे काम बच्चा हामी आठ सन्तान थियाैँ
काममा सहयाेग नगरि    दुख मात्र  दियाैँ।
झैझगडा र कुटपिट      अनेक कुरा गरि
आमालाई सताउने हामी    बदमासै सरि।।

घरखेत जँगल अनि     गाेठकाे पनि काम
पर्म जाँन पर्ने नै भयाे    खानु छैन है माम।
आमाहजुर कहिले हाे   आरामसित बस्ने
छाेराछाेरि नाति पनाति  सबैमा तेल घस्ने।।

भगवानकाे रुपमा आमा हामिले पाे पायाैँ
त्यसैले त भगवान ठानि केही लाईन गायाैँ।
उमेरले सय नजिक    पुग्न थालेकाे  वेला
आशीर्वाद अझै दिनुस  गर्दैनाैँ आमा हेला।।

अझै पनि घर पाे सफा घाँस काटि राेपाई
तरुल खनि खाना वनाई  पाहुना  छाेपाई।
धन्य आमा हजुरवाट धेरै सँस्कार सिक्याै
भगवानरुपि आमाकाे केही लाईन लेख्याैँ।।

              
               
            

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
एक महिना अगाडि

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मुल्य भने केही बढेको छ । सोमब ...

छुटाउनुभयो कि ?

TOP