"प्रेम" र "विवाह", यी दुई शब्द सुन्दा एकरुपता देखिए तापनि भिन्न हुन् ! विरोधाभास हुन् ! विपरीत ध्रुवका वेग र प्रवाह हुन् !
"प्रेम", भाव हो जुन भावनालाई प्रतिबिम्बित गर्दछ, अदृश्य हो र यसलाई अदृश्य ब्रम्हाण्डिय उर्जाले नियन्त्रण संचालन प्रभावित गर्दछ जो पवित्रताको उत्कर्ष हो !
"विवाह", भनेको मानव जीवनको विभिन्न समझौताहरुको सार रुप हो जसमा सामाजिक आर्थिक पारिवारिक ब्यक्तिगत तथा ब्यक्ति विशेष र परिवार विशेषको बीच विभिन्न जिम्मेवारी कर्तव्य उत्तरदायित्व परिबन्ध हरु सामेल भएको हुन्छ अर्थात कलंक, भ्रम र मायाजालको भुमरी ।
"प्रेम" ईश्वरीय ब्यवस्था हो भने "विवाह" सामाजिक ब्यवस्था हो !
"प्रेम" अमरत्वको प्रतीक हो भने "विवाह" जिम्मेवारीको प्रतिक !
"प्रेम" सात्विक एवं तात्विक यथार्त हो भने "विवाह" भौतिकताको प्रतिक !
"प्रेम" ले दुई वा दुईभन्दा बढीलाई एक बनाउँछ भने "विवाह" ले एक लाई विभिन्न रुप स्वरुप अवस्था स्थिति परिस्थिति अनुसारको उपस्थिति दर्ज गराउन विवश गराउँदछ !
"प्रेम" नस्वर हो, अविनाशी, निश्चल, सम्पूर्ण समर्पण, त्याग, बलिदानी, आँसु भित्रको खुशी, मौनता भित्रको चंचलता तर "विवाह" एउटा सामाजिक एवं पारिवारिक समझौता र जिम्मेवारी ।
"प्रेम" को / मा कुनै स्वार्थ, दबाब, सिमा र बन्दन तथा अधिकारको कुरा हुँदैन तर "विवाह" मा त्यो सबै हुन्छ !
"प्रेम" भनेको प्राप्ति होइन तर "विवाह" भनेको "भोग" हो !
"प्रेम" ईश्वरीय भाव हो, सम्भावना रहित निरन्तरता ।
"प्रेम" ले राधा र कृष्णलाई "राधे" बनायो, शिव र शक्ति लाई "शिवा", हरेक भगवानको नाम उच्चारण गर्दा पहिला देवीको नाम आउँछ र त्यसपछि देवताको र मन्त्र, पुजा, आराधना, साधना ले पूर्णता सार्थकता फलदायी हुने गर्दछ ।
त्यसो भन्दै गर्दा "विवाह" जस्तो सामाजिक ब्यवस्थालाई होच्याउन खोजेको पक्कै होइन,
"वैवाहिक ब्यवस्था" का महान उदाहरणहरु पनि छन्, सीता र राम को, कृष्ण र रुकमीनीको, रावन र मन्दोदरी को लगायत कैयौं ।
त्यसैले मैले भन्ने गर्याछु,
कृष्ण को प्रेम "राधा रानी"
कृष्णको जीवनसंगीनी "रुकमीनी"
कृष्ण का सखी पटरानी १६०००,
तर कृष्णले यो मृत्युभुवन बाट विदा लिंदै गर्दा अन्तिम शब्द जुन उनको मुख बाट निस्केको थियो त्यो हो, "राधे" ।
त्यसैले कृष्णलाई "राधे" पनि भनिन्छ जसको वास्तविक अर्थ हो "राधा र कृष्ण" लाई संयुक्त स्मरण गर्नु, मोक्षको प्राप्ति ।
त्यस्तै, रामले यो मृत्युभुवन छोड्दौ गर्दा परमधाम प्रस्थान गर्दै गर्दा, "सिते, सिते, सिते........." भन्दै विदा लिएका थिए ।
तर मेरो मान्यता,
यो भौतिक जीवनचक्रमा जहिले पनि "राधा र रुकमीनी" को भूमिकामा एउटैलाई राख्न सक्नु पर्छ,
उनैलाई "राधा" उनैलाई "रुकमीनी" र उनी नै "सीता र मनदोदरी" ।।
आफु कृष्ण बन्न खोज्दा रामको चरित्र कहिल्यै बिर्सनु हुन्न ।
अनि मात्रै "राधे" को प्राप्ति हुनेछ ।
🙏"राधे राधे"🙏
काठमाडौ ।शेरबहादुर देउबा आफैँ बिग्रिए कि उनलाई अरूले बिगारे—यसको फैसला सायद इतिहासले गर्ला। तर ...

प्रतिक्रिया