सुप्रिम सहकारी ठगी मुद्दा: पूर्वडीआईजी छविलाल जोशी तीन करोड धरौटीमा रिहा

सुप्रिम सहकारी ठगी मुद्दा: पूर्वडीआईजी छविलाल जोशी तीन करोड धरौटीमा रिहा

काठमाडौँ पुष ७ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।

सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै थुनामा रहेका जोशीले तीन करोड रुपैयाँ बराबरको बैंक जमानत बुझाएपछि जिल्ला अदालत रुपन्देहीको आदेशअनुसार रिहा गरिएको हो ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार रवि लामिछानेलाई धरौटी तथा बिगोबापतको जमानत लिएर छोड्न आदेश दिएको थियो । तर छविलाल जोशीको हकमा भने निवेदन परेपछि मात्रै पुनः विचार गर्न सकिने भन्दै मुद्दा जिल्ला अदालत रुपन्देहीमै पठाइएको थियो ।

उक्त आदेशपछि जोशीका तर्फबाट शुक्रबार नै निवेदन दर्ता गरिएको थियो । निवेदनमाथि आइतबार भएको बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

अदालतका अनुसार जोशीले एकमुष्ट तीन करोड रुपैयाँ बैंक जमानत बुझाएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च तहका पूर्वप्रहरी अधिकारीसमेत जोडिएपछि मुद्दाले व्यापक सार्वजनिक चासो तानेको छ । अदालतको पछिल्लो आदेशसँगै जोशी धरौटीमा रिहा भए पनि मुद्दामा अनुसन्धान तथा न्यायिक प्रक्रिया जारी रहने जनाइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा
एक महिना अगाडि

चितवन, माघ-६ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिनुभएको छ । उहाँले उपप्रमुख चित्रस ...

छुटाउनुभयो कि ?

TOP