देशभर प्रतिनिधिसभा निर्वाचन : १६५ सिटका लागि ३४८४ जनाको मनोनयन दर्ता

काठमाडौ ,माघ ७-प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट उमेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन आयोगको प्रारम्भिक सूचीअनुसार देशभर कुल ३ हजार ४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन्। जसमा ३९५ जना महिला, ३ हजार ८८ जना पुरुष र एक जना अन्य उमेदवार रहेका छन्।

राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले उमेदवारी दर्ता गराएका छन्। तीमध्ये २३५ जना महिला र २ हजार ६२ जना पुरुष छन्। त्यस्तै, १ हजार १ सय ८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन्।

उमेरगत विवरणअनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना, ३६ देखि ५० वर्षसम्मका १ हजार ६१० जना, ५१ देखि ६५ वर्षसम्मका १ हजार ९० जना र ६५ वर्षभन्दा माथिका २०१ जनाले उमेदवारी दर्ता गराएका छन्।

देशभर उमेदवार मनोनयन गर्ने राजनीतिक दलको संख्या ६८ रहेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूची भएकाले मनोनयन संख्यामा केही थपघट हुनसक्ने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP