काठमाडौं,माघ ७- — प्रतिनिधिसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराएका उमेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने (FPTP) निर्वाचन प्रणालीतर्फ मनोनयन भएका उमेदवारविरुद्ध आज उजुरी दर्ता गर्न सकिने व्यवस्था छ।
आयोगका अनुसार उजुरी परेपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णय गर्दै अन्तिम नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको FPTP प्रणालीतर्फ मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगको भनाइ छ। हालसम्म कुल २,९२५ जनाको उमेदवारी परेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताए। बाँकी निर्वाचन कार्यक्रमहरूमा पनि राजनीतिक दल र सरोकारवालाहरूको सहयोग रहने अपेक्षा उनले व्यक्त गरेका छन्।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार २,९२५ उमेदवारमध्ये महिला ३३६ र पुरुष २,५८९ जना छन्। साथै, अपांगता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उमेदवारी परेको आयोगले जनाएको छ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया