२०४२ /४३ सालतिरको कुरा हो। हाम्रो घर गुल्मी जिल्ला खडगकोट गाबिस तेलिया रुख भन्ने ठाउ अलि एकान्त ठाउँमा थियो। एक साँझ दाइको कोठामा ६–७ जना मानिसहरू भेला भएर निकै गोप्य शैलीमा कुरा गरिरहेका थिए। दिदी र म ढोकाको कुन्तरबाट चुपचाप नियाल्दै बसेका थियौँ। सुरुमा त केटा–केटी भाग्न लागेको हो कि भन्ने अनुमान गर्यौँ, तर ध्यान दिएर सुन्दा त्यो राजनीतिक कुरा रहेछ कम्युनिस्ट आन्दोलन को। बालमनले त्यो बेला सबै बुझ्न सकेको थिएन, तर “यस्ता कुरा खुलेर भन्न हुँदैन” भन्ने चेतना भने त्यहीँबाट विकसित हुँदै गएको थियोे ।
त्यो समय म तल्लो कोरेङ्ग स्कुलमा 5,6 कक्षामा थिए । मेरी साथी कोपिला ढकाल र म यस्ता कुरा खुस खुस गर्दै छलफल गर्न थाल्यौँ। कोपिला ढकालका दाजु टीकाराम ढकाल (हाम्रो हेडसर) हुनुहुन्थ्यो र कम्युनिस्ट नेता हुनुहुन्थ्यो भन्ने थाहा पाएपछि हाम्रो जिज्ञासा अझ बढ्यो। मेरो दाजु बलराम ढकाल पनि कम्युनिस्ट हुन् भन्ने बुझाइ बनेको थियो। तर यस्ता कुरा बाहिर बोल्न हुँदैन, पुलिसले समातेर लैजान्छ भन्ने डर पनि सँगसँगै थियो। त्यसैले त्यो चेतना डर र साहसको दोसाँधमा हुर्किँदै गइरहेका थियौ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनले त्यो चेतनालाई झन् स्पष्ट बनायो। त्यहि बीचमा मेरो दाजु बलराम ढकाल एक वर्ष भूमिगत हुन बाध्य हुनु भएको थियोे । पञ्चायती शासनविरुद्धका पम्प्लेटहरू टाँसेको आरोपमा उहाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो भन्ने खबरले । मेरो दाजु सगै अरु धेरै दाजु हरु पनि भुमिगत हुनु भएको थियोे । त्यति बेला दाजुले मार्क्स, लेनिन, माओ र पञ्चायती व्यवस्थाविरुद्धका पुस्तकहरू धानको भकारीमा लुकाएर राख्नुभएको रहेछ। आमाले धान झिक्दा निस्केका किताबहरू लुकेर पढ्थ्यौँ। त्यो पढाइ केवल अक्षर चिन्ने अभ्यास थिएन, त्यो अन्याय चिन्ने पाठशाला थियो। त्यही कालखण्डमा ‘कम्युनिस्ट’ भन्ने शब्द मेरो मन–मस्तिष्कमा केवल पार्टी होइन, विचार, साहस र प्रतिरोधको प्रतीक बनेर बसेको थियोे ।
२० ४८/४९ साल तिर अनेरास्ववियुको पाँचौँ जिल्ला सम्मेलन भएर स्कुल स्तर बाट जिल्ला कमिटी सदस्यमा राखियो भन्ने कुरा आयो। संरचना टाढाको, प्रक्रिया अपरिचित त्यसैले बैठकमा जान सकिएन। पूर्ण विश्वास पनि त्यति बेला थिएन, तर कम्युनिस्ट चेतना भने निरन्तर विकसित हुँदै गइरहेको थियो। बहुदल आएपछि त्यो चेतनाले संगठित रूप लिन थाल्यो।अग्निधर लोहनी र अर्को एक खरेल थरका काम्रेड र मैना भण्डारी जस्ता नेतृहरू हाम्रो क्षेत्रमा संगठन विस्तारका लागि पटक पटक आउनु हुन्थ्यो । उहाँहरू हाम्रो घरमै बस्नुहुन्थ्यो। मैना भण्डारी दिदीसँगै अनेमसंघको प्रारम्भिक कमिटी गठन गर्न गाउँ–गाउँ हिँडेको स्मृति आज पनि जीवन्त छ। त्यो यात्रा केवल संगठन विस्तारको होइन, महिलालाई राजनीति र नेतृत्वको केन्द्रमा ल्याउने ऐतिहासिक अभ्यास थियो।
२०५१–५२ सालतिर म पी.एन. क्याम्पस पोखरामा अध्ययनरत भएँ। त्यो समय विद्यार्थी राजनीति वैचारिक बहस र संगठन निर्माणको महत्त्वपूर्ण केन्द्र थियो। अनेरास्ववियुको सभापति कमरेड रवीन्द्र अधिकारी दाइ हुनुहुन्थ्यो।तत्कालीन समयका पुर्ब सभापति रामनाथ ढकालको हाम्रो गाउँकोदाजुको चर्चा धेरै थियोे सबैले उहाँको प्रेरणाले र त्यही क्यापस पढाउने दाजु यदु ढकाल कि बैनिको हैसियत मलाई धेरै साथ दिएको थियोे राजनीति गर्न । र सजिलै शिक्षा संकायको इकाई कमिटीको अध्यक्षको जिम्मेवारी मैले सम्हालेकी थिएँ भने कोषाध्यक्षमा मेरी साथी दिलु पौडेलले गरेकि थिइन्। लेभी जम्मा दुई रुपैयाँ मात्र थियो, तर त्यही दुई रुपैयाँको आधारमा हामीले धेरै साथीहरूलाई सदस्य बनायौँ। त्यो अभ्यासले हामीलाई सिकायको थियोे कि संगठन ठूलो रकमले होइन, ठूलो विश्वासले बन्छ भन्ने कुराको ज्ञान ।
बी.एड. को तहको अध्ययन ताहाचल क्यामपसको भएको थियोे त्यो बेला मा पनि अनेरास्ववियुको कोषाध्यक्ष बन्ने प्रस्ताव आएको थियोे । मनभित्र धेरै रहर थिए। संगठनलाई अझ जिम्मेवारीपूर्वक अघि बढाउने चाहना पनि थियो। मेरो श्रीमानले पनि “उठ, जिम्मेवारी लिनुपर्छ” भनेर हौसला दिनुभएको पनि थियो। तर त्यो समय म बच्चाको आमा भइसकेकी थिएँ। पारिवारिक अवस्था र दायित्वका कारण चाहँदाचाहँदै पनि त्यो अवसर लिन सकिनँ। त्यो क्षणले मलाई एउटा अपुरो अधुरो यथार्थ सिकाएको थियोे ,राजनीतिमा योग्यता र चाहना मात्र पर्याप्त हुँदैन, समय र अवस्था पनि सहयात्री हुनुपर्छ भन्ने कुराको।
तर त्यो अवसर छुट्दैमा यात्रा रोकिएन। तत्काल पद नलिए पनि वैचारिक निष्ठा, संगठनप्रतिको प्रतिबद्धता र बौद्धिक सक्रियता निरन्तर रहिरह्यो। जनआन्दोलनको बेला धेरै स्मृति छ्न । मेरा श्रीमान कर्मचारीका रूपमा कालीकोटमा सहायक सिडियो रहँदा पनि त्यहीँ भइरहने बमका आवाज काठमाडौंसम्म हामी सुन्थेउ डरै–डरमा सुत्थ्यौँ । पछि २०५८ सालमा बर्दिया सरुवा हुँदा जिविस भवनमा हाम्रो क्वार्टर थियो । त्यहीँ प्रेसर बम विस्फोट हुँदा हामी प्रत्यक्ष बमको चपेटामा पर्यौँ । ठूलो विस्फोटको धक्काले कानले राम्ररी नसुन्ने, आवाजले सासै रोकिने जस्तो हुने अवस्था भोगेका थियौ । ज्यान जोगिएला कि नजोगिएला भन्ने डरबीच बाँचेर काठमाडौं फर्किएका ती दिनहरू आज पनि स्मृतिमा काँडाजस्तै गडेर बसेका छन् । यही निरन्तरताले २०६८ सालमा नेपाल बुद्धिजीवी परिषद्को परिवेक्षकको जिम्मेवारीसम्म पुर्यायो। २०७२ सालमा कञ्चनपुर महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै केन्द्रिय सचिब भए पछी आज नेपाल बौद्धिक परिषद्को प्रतिनिधिका रूपमा गएर नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुन पाउनु दशकौँदेखिको वैचारिक साधना, अनुशासन र त्यागको परिणाम हो।
बाल्यकालको ढोकाको कुन्तरबाट सुरु भएको खासखुस आज केन्द्रीय सदस्य सम्म आइपुगेको छ। यो यात्रा कुनै पदप्राप्तिको कथा मात्र होइन, यो चेतनाको विकास, अवसर त्यागको धैर्य र जिम्मेवारीको स्वीकारोक्ति हो। अब यो यात्रा अझ ठूलो दायित्वसहित अघि बढेको छ। नेकपा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई व्यवहारमा उतार्ने जिम्मेवारी अब काँधमा आएको छ। बौद्धिक स्पष्टता, वैचारिक दृढता र इमानदार अभ्यासमार्फत पार्टी, समाज र राष्ट्रका पक्षमा जिम्मेवार भूमिका निर्वाह गर्ने दृढ संकल्प नै आजको मूल प्रतिबद्धता हो।
काठमाडौ ।शेरबहादुर देउबा आफैँ बिग्रिए कि उनलाई अरूले बिगारे—यसको फैसला सायद इतिहासले गर्ला। तर ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!