युएई ।संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावास आबुधाबीमा सेवाग्राहीसँग कन्सुलर सेवा, राहदानी तथा श्रमसम्बन्धी विषयमा केन्द्रित अन्तरक्रिया तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विदेशमा रहेका नेपालीहरूले भोगिरहेका समस्या, विशेषगरी राहदानी नवीकरण प्रक्रिया, कन्सुलर सेवा सहजता, श्रम स्वीकृति तथा वैदेशिक रोजगारीसँग सम्बन्धित विविध चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो।
दूतावासले सेवाग्राहीमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी, छिटो र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपाली श्रमिक तथा सेवाग्राहीको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखिने जनाएको छ।
कार्यक्रमलाई सेवाग्राही र दूतावासबीच प्रत्यक्ष संवाद तथा समस्या समाधानको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!