काठमाडौं । स्वेत सदन ईङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल ले एस.ई.ई. २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ।

विद्यालयबाट ४.०० GPA प्राप्त गर्न सफल छात्र सौगात पाण्डे लाई नगद रु. १ लाख बराबरको चेक हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। साथै एस.ई.ई. मा उत्तीर्ण अन्य छात्रछात्रालाई समेत सम्मान गरिएको थियो।
टोखा नगरपालिकामा रहेको स्वेत सदन स्कुलले विगतका वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा निकाल्दै विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा सकारात्मक चर्चा बटुलेको छ। विद्यालयका अनुसार केही दिनभित्रै औपचारिक रूपमा “विदाई तथा विद्यार्थी सम्मान कार्यक्रम” समेत आयोजना गरिनेछ।

विद्यालयले गरेको सम्मान कार्यक्रमले आगामी दिनमा एस.ई.ई. परीक्षा दिने विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा मिलेको विद्यार्थी तथा अभिभावकहरूले बताएका छन्।
विद्यालयका प्रबन्ध सञ्चालक बलराम खनालले सफलता सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीको संयुक्त मेहनत तथा साथको परिणाम भएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!