पर्सामा लागूऔषधसहित २ पक्राउ, डगले सुँघेरै फेला पार्यो ब्राउन सुगर र हिरोइन

पर्सामा लागूऔषधसहित २ पक्राउ, डगले सुँघेरै फेला पार्यो ब्राउन सुगर र हिरोइन

पर्सा। वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट क्षेत्रमा सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पर्साबाट डगसहित खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको यात्रुवाहक अटो जाँच गर्ने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ सिमलटारका २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ड्रग्स डिटेक्सन कुकुरले शंका जनाएपछि गरिएको जाँचमा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने ५ ग्राम पदार्थ र सेतो हिरोइनजस्तो देखिने ०.३४ मिलिग्राम पदार्थ बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP