“सत्ता र आसेपासेमा बाँधिएर कांग्रेस खाए देउबाले”

काठमाडौ ।शेरबहादुर देउबा आफैँ बिग्रिए कि उनलाई अरूले बिगारे—यसको फैसला सायद इतिहासले गर्ला। तर प्रश्न अझै बाँकी छ– देउबाको चेत कहिले खुल्छ?
वा खुल्न बाँकी नै छैन?

लहलहैमा राजनीतिमा पाइला टेकेको जस्तो देखिने देउबाको यात्रा कुनै दृढ विचार, सिद्धान्त र वैचारिक प्रतिबद्धताले होइन, संयोग, सत्तालोलुपता र आसेपासेको सल्लाहले निर्देशित रह्यो। गिरिजाप्रसाद कोइरालासँग ‘सिङोरी खेल्दा’ आफ्नै राजनीतिक सिङ भाँचिएको देउबाले त्यसपछि पनि आत्मसमीक्षा गरेनन्। बरु, त्यतिले नपुगेर नेपाली कांग्रेस नै फुटाउने दुस्साहस गरे।

राजाबाट प्रधानमन्त्रीको टीका लगाउँदा पनि चेत खुलेन।
उही राजाले बर्खास्त गर्दा पनि बुझेका छैनन्।
पटक–पटक प्रधानमन्त्री बने—तर राजनीतिक परिपक्वता भने कहिल्यै देखिएन।

दुई–दुई पटक नेपाली कांग्रेसको सभापति बनेका देउबाले पार्टीको नीति, सिद्धान्त र इतिहासलाई सत्ताको भाँडोमा पोल्दै खाए।

कहिले प्रचण्डको पोल्टामा कांग्रेस बुझाए,
कहिले केपी ओलीको पोल्टामा।

आज कांग्रेस किन कमजोर भयो भन्ने प्रश्नको उत्तर खोज्न कतै जानु पर्दैन—देउबाको राजनीतिक व्यवहार हेरे पुग्छ।
पार्टीभित्रका संघर्षशील, त्यागी र वैचारिक ‘कांग्रेस योद्धा’हरूलाई सौताको व्यवहार गरियो।

आसेपासे, हुक्के, चिलिमेहरू सत्ता र पहुँचका मालिक बने।
परिणामतः कांग्रेस निकम्मा बनाइयो—नेतृत्वविहीन, दिशाहीन र जनताबाट टाढा।
देश, समाज र राजनीति बदलिँदै गयो।

तर देउबा बदलिँदो परिस्थितिलाई बुझ्न असफल भए।
जनताको आक्रोश देखिएन, पार्टीभित्रको असन्तोष सुनिएन।

जेन–जी पुस्ता घरमै पसेर प्रश्न गर्न आउँदा पनि चेत खुलेन।
आज कांग्रेस आफ्नै नियमित महाधिवेशन गर्न नसक्ने अवस्थामा पुगेर विशेष महाधिवेशन गर्दैछ।
तर विडम्बना—
अरू पार्टीको विवाह, चियापान र भोजमा पुग्ने देउबा,
यति ठूलो कांग्रेस परिवारले अनुनय–विनय गर्दा पनि महाधिवेशनमा आएनन्।
यो बेवास्ता होइन भने के हो?
यो अहंकार होइन भने के हो?
अब पनि चेत नखुले देउबाको राजनीतिक अवस्था डाइनोसर जस्तै हुनेछ—
इतिहासमा नाम त रहनेछ,
तर वर्तमान र भविष्यमा अस्तित्व रहनेछैन।
केही घण्टा, केही दिन अझै
आसेपासे, हुक्के र चिलिमेहरूको घेराभित्र रमाइला गर्लान्।
तर संकेत स्पष्ट छ—
कांग्रेस अब देउबालाई बोकेर हिँड्ने अवस्थामा छैन।
यदि यही गति रह्यो भने
देउबा कठपुतली बन्नेछन्,
र इतिहासले उनलाई
“नेतृत्व पाएर पनि पार्टी गुमाएको नेता”
भनेर सम्झिनेछ।
अब प्रश्न देउबाको होइन,
कांग्रेसको अस्तित्वको हो। केही नलेखी युटुब थम्बनेल साइजमा तस्बिर तयार गर

प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौंको सुरक्षित किल्ला छोडेर मधेसतिर गगन थापा : सर्लाही–४ बाट उम्मेदवारी, देशभर तरंग
1 हप्ता अघि

काठमाडौँ ,माघ ६- नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाच ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP