काठमाडौं, बैशाख २९ । टोखामा रहेको Sweta Sadan English Boarding Secondary School ले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत सफलता हात पारेको छ ।
टोखा नगरपालिका भित्र रहेको यस विद्यालयबाट एसइई परीक्षामा सहभागी ३७ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन् । विद्यालयका अनुसार विद्यार्थी सौगात पाण्डेले ४.० GPA प्राप्त गर्दै विद्यालयको इतिहासमै गौरवपूर्ण उपलब्धि हासिल गरेका छन् । बाँकी सम्पूर्ण विद्यार्थीले पनि उत्कृष्ट GPA सहित परीक्षा उत्तीर्ण गर्न सफल भएको विद्यालयले जनाएको छ ।
विद्यालय प्रशासनले ४.० GPA ल्याउन सफल विद्यार्थी सौगात पाण्डेलाई रु. १ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार आगामी Farewell तथा विद्यार्थी सम्मान कार्यक्रममा औपचारिक रूपमा हस्तान्तरण गरिने विद्यालयले जानकारी दिएको छ ।
विद्यालयले यस सफलतालाई विद्यार्थीहरूको कठोर मेहनत, अनुशासन र शिक्षकहरूको समर्पणको प्रतिफलका रूपमा व्याख्या गरेको छ । पछिल्लो समय निजी विद्यालयहरूबीच गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा बढिरहेका बेला स्वेत सदनको नतिजाले टोखा क्षेत्रमै सकारात्मक चर्चा बटुलेको छ
विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!