काठमाडौ ।काठमाडौंस्थित पशुपति क्षेत्रमा आइतबार बिहान त्रासपूर्ण अवस्था सिर्जना भएको छ। पशुपति परिसरभित्र रहेको राम मन्दिर नजिकै शंकास्पद अवस्थामा ग्रिनेड फेला परेपछि नेपाली सेना र नेपाल प्रहरी तत्काल परिचालित भएका हुन्।
प्राप्त जानकारी अनुसार राम मन्दिरभन्दा करिब ३० मिटर माथिल्लो भागमा ग्रिनेड देखिएपछि सुरक्षा निकायलाई खबर गरिएको थियो। त्यसपछि नेपाली सेना, प्रहरी तथा अन्य सुरक्षा टोली घटनास्थल पुगेर उक्त क्षेत्रलाई पूर्ण रूपमा सिल गरेका छन्। सर्वसाधारणलाई त्यस वरपर जान रोक लगाइएको छ।
सुरक्षा स्रोतका अनुसार ग्रिनेडलाई सुरक्षित रूपमा निस्तेज गर्ने तयारी भइरहेको छ। घटनापछि पशुपति क्षेत्रमा सुरक्षा सतर्कता अत्यधिक बढाइएको छ।
प्रहरीले हालसम्म ग्रिनेड कसले र किन राखेको हो भन्ने खुल्न नसकेको जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जानकारी दिएको छ।
धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने पशुपति क्षेत्रमा यस्ता गतिविधि हुनु गम्भीर विषय भएको भन्दै स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!