काठमाडौं मङ्सिर २७- प्रधानमन्त्री सुशीला कार्कीले आज हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका अवसरमा सहभागी दुवै टोली सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई शुभकामना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै एनपीएलले केवल खेलको उत्सव मात्र नभई सिंगो देशलाई एकतामा बाँध्ने, सकारात्मक ऊर्जा जगाउने र नेपाल सुरक्षित, शान्त, सुन्दर तथा सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर पुर्याएको उल्लेख गरेकी छन्।
उनले क्रिकेटमार्फत सारा नेपालीलाई जोड्न सफल भएको भन्दै एनपीएलले खेलकुद कूटनीति र राष्ट्रिय पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताएकी छन्। “यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “सुरक्षा सम्बन्धी संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुगेको छ।”
प्रधानमन्त्री कार्कीले फाइनल खेललाई प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रिय गौरवको रूपमा लिन आग्रह गर्दै खेलाडी, आयोजक र समर्थक सबैलाई शुभकामना दिएकी छन्। उनले खेलकुदमार्फत युवामा आत्मविश्वास, अनुशासन र राष्ट्रप्रेम बढ्ने विश्वास पनि व्यक्त गरेकी छन्।
आज हुने एनपीएल फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि आमनेसामने हुँदैछन्। एनपीएलको पहिलो संस्करणले देशभर व्यापक उत्साह सिर्जना गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको खेलकुद क्षमताप्रति ध्यानाकर्षण गराएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया