राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेदेखि आह्वान गर्न सरकारको सिफारिस, वित्तीय क्षेत्र विकास रणनीति पनि स्वीकृत

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेदेखि आह्वान गर्न सरकारको सिफारिस, वित्तीय क्षेत्र विकास रणनीति पनि स्वीकृत

काठमाडौ पुस २८-सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गतेदेखि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले देशको आर्थिक तथा बैंकिङ प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। उक्त रणनीतिले बैंक तथा वित्तीय संस्थाको सुधार, नियमन सुदृढीकरण, वित्तीय पहुँच विस्तार तथा आर्थिक स्थायित्वमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार, बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानसँगै समसामयिक विधेयक, नीति तथा राष्ट्रिय सरोकारका विषयमा छलफललाई अघि बढाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य
एक महिना अगाडि

काठमाडौँ ।‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी ...

छुटाउनुभयो कि ?

TOP