काठमाडौं पुस २८— नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहान ८ बजेदेखि सुरु हुँदैछ। आइतबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको विशेष महाधिवेशनले आजबाट नीति, संगठन र नेतृत्वसम्बन्धी महत्वपूर्ण विषयमा छलफल थाल्ने भएको हो।
दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार महाधिवेशनमा कुल २६६२ प्रतिनिधिले नाम दर्ता गराएका छन्। प्रदेशगत रूपमा कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ प्रतिनिधि सहभागी छन्। यसैगरी, काठमाडौं उपत्यकाबाट १७८ तथा भातृ संस्था, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन्।
बन्दसत्रमा पार्टीको भावी नीति, सांगठनिक संरचना र नेतृत्वको भूमिकाबारे गहन बहस हुने अपेक्षा गरिएको छ। यसअघि महामन्त्री गगन थापाले महाधिवेशनले चाहेको खण्डमा नीति मात्र होइन, नेता समेत बदल्न सक्ने बताएका थिए।
कांग्रेस नेतृत्वका अनुसार बन्दसत्रबाट निस्कने निष्कर्षले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।
काठमाडौं,माघ २८— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारी सेवा प्रवाहमा रहेको झन्झटिलो ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!